२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री सवार गाडी दुर्घटनाको कारण चालकको अदक्षता



कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

समितिले ४५ दिन बढी समय लगाएर गरेको अध्ययन, अनुसन्धानपछि आइतबार मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रतिवेदन बुझाएको हो । समितिलाई प्रदेश सरकारले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो । गत असार ७ बसेको १६१ औं बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

खरेलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडी दुर्घटना भएको उल्लेख छ ।

‘सवारी चालकमा दक्षता भएन । सवारी साधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो,’ समितिले आइतबार मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा भनिएको छ । असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार गाडी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।

मन्त्री सिंहका निजी सुरक्षा गार्ड दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते छन् । सो प्रतिवेदनलाई मन्त्रिपरिषद् बैठक बसेर पारित भएपछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।

उच्च स्तरीय छानबिन समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका थिए ।

मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *