१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वायु प्रदूषण रोक्न नेपालमा ‘साथी’ अभियान सुरु



काठमाडौं । वायु प्रदूषण रोक्न जनचेतना फैलाउने उद्देश्यले नेपालमा ‘साथी’ अभियान सुरु भएको छ । ललितपुर महानगरपालिकाबाट सुरु भएको अभियान देशभर ६ महिनासम्म सञ्चालन हुने छ ।

यो अवधिमा १२ फिट अग्लो सेतो भालु अर्थात ‘टेडिबियर’ लाई नेपालका विभिन्न क्षेत्रमा विद्युतीय सवारीमा राखेर डुलाईनेछ ।

जसलाई वायु प्रदुशणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक मानिन्छ ।

विद्युतीय सवारी साधनले वायु प्रदूषण नगर्ने भएकाले यो वातावरण मैत्री छ भनेर वायु प्रदूषणबारे चेतना फैलाउने कार्यमा विद्युतीय सवारी प्रयोग गर्न लागिएको हो ।

सेतो भालुलाई देशभर डुलाउने क्रममा यसको रङ कालो हुँदै गएको देखाइनेछ । ५० जना बढीको समूहमा रहेका अभियन्ताहरुले देशभरका एक हजार बढी आफ्ना सदस्यहरु मार्फत मानिसहरुलाई सेतो भालु अर्थात टेडिबियर देखाएर वातावरण प्रदूषणको बेफाइदाबारे बुझाउने छन् ।

६ महिने अभियानका क्रममा वायु प्रदूषणको प्रभावबारे बालबालिका र युवालाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गरिनुका साथै नीतिनिर्माता र सरोकारवालाहरुसँग वायु प्रदुषणसँगै जलवायु परिवर्तनबारे पनि छलफल गर्दै प्रदूषण रोक्ने उपायबारे निश्कर्ष निकाल्ने तयारी भइरहेको सेभ द चिल्ड्रेनका सञ्चार निर्देशक आयुष जोशीले बताए ।

यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनुपर्छ भन्ने बारे झकझकाउने उद्देश्यका साथ विभिन्न निकाय सँगको समन्वयमा यो अभियान सुरु गरिएको हो ।

अभियान मार्फत विभिन्न सरोकारवालाहरुसँग वातावरण संरक्षण सम्बन्धि कुराकानी पराशर्म गरिनुका साथै उनीहरुलाई बालाबालिकाको भविष्यका लागि दिगो निर्णय लिन र वायु प्रदुषणका साथसाथै जलवायु परिवर्तन सम्बन्धि काम गर्न आह्वान गर्ने गरिएको छ ।

सेभ द चिल्ड्रेनले स्थानीय तहहरु सँगको समन्यवमा यो अभियान सुरु गरेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *