२ आश्विन २०८१, बुधबार | Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैशाखसम्ममा ढकारीका सबै वडामा बिधुत पुग्छ : अध्यक्ष साउँद



अछाम । ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले आगामि बैशाख सम्ममा गाउँपालिकाका सबै वडामा बिधुत बिस्तारको काम सम्पन्न गरिने बताउनु भएको छ । वडा नम्बर ४ बलातामा सोमबार आयोजित सार्वजनिक सुनुवाइमा उहाँले यस्तो बताउनु भएको हो ।

बिधुत नपुगेका वडाका गाउँहरुमा बत्ती बालेर प्रत्येक ठाउँमा एक वडा एक मिल स्थापना गरी कुटानीपिसानीको बोझ अन्त्य गरेर महिलाहरुलाई सुविधा प्रदान गर्ने योजना रहेको अध्यक्ष साउँदले बताउनुभयो । वडा नम्बर ४ बलाताका वडाध्यक्ष पलहवान थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा स्थानीयले उठाएका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष साउँदले अहिले ८ वटै वडाका विभिन्न स्थानमा पोलहरु ढुवानी भइरहेको र त्यो काम सम्पन्न भए लगतै क्रमशः खाल्डो खन्ने, पोल खडा गर्ने र बिधुत तार बिस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

ठेकेदार कम्पनीले ट्रक जान नसक्ने ठाउँहरुमा ट्रयाक्टर मार्फत पोल ओसारी रहेको र त्यो काम सके लगतै अन्य काम अघि बढ्ने उहाँले बताउनुभयो । यी सबै काम सकेपछि आउदो वर्षको बैशाखसम्ममा सबै काम सम्पन्न गरिने अध्यक्ष साउँदले प्रतिवद्धता समेत जनाउनुभयो ।

सार्वजनिक सुनुवाइमा सहभागि महिलाहरुले गाउँमा सहकारी मार्फत सञ्चालित मिलले कुटानीपिसानी गरे बापत महंगो मुल्य लिएको, मदिरा बेचबिखन ब्यवस्थित नभएको र खाने पानीको अभावले आफुहरु समस्यामा रहेको गुनासो गरेका थिए । साथै अन्य स्थानीयले अधिकांसको घरका सौचालय जिर्ण हुँदा खुला रुपमा दिसा पिसाव गर्नुपर्ने बाध्यता रहेकाले त्यस तर्फ गम्भीर हुन सुझाब दिदै केहि गरिब तथा विपन्न समुदायका घरमा टिनको छानो लगाइदिन माग गरेका थिए ।

त्यसमा जवाफ दिदै अध्यक्ष साउँदले वडा मार्फत त्यस्ता समस्याको सूचि बनाएर गाउँपालिकामा पठाए आफुहरु त्यस्ता समस्याको तत्काल समाधान गर्ने बचन दिनुभयो । कार्यक्रममा सहभागिहरुले बलातामा अस्थायी प्रहरी चौकिको समेत माग गरेका छन् । उनीहरुले कर्मचारी अभाव, त्रिवेणी बेनीघाट लगायतका अन्य ठाउँका सडक निर्माण, एम्बुलेनस सेवा र लालपुर्जा हराएकाहरुका जग्गाको लालपुर्जा बनाउन सहयोग गरिदिन पनि आग्रह छन् ।

अध्यक्ष सँगै सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाहीले महिला लक्षित विभिन्न कार्यक्रलाई उच्च प्राथमिक्तामा राखेर काम गरिरहेको भन्दै उनीहरुको सुविधाका लागि मागका आधारमा योजना निर्माण गरिने बताउनुभयो । तर महिला लक्षित विभिन्न कार्यक्रमको व्यवस्थापनमा स्थानीयले समेत चासो दिनुपर्ने उहाँको भनाई छ ।

सार्वजनिक सुनुवाइमा नेकपा एकीकृत समाजवादीका ढकारी ईन्चार्ज धर्म साउँद लगायत स्थानीयहरु हैसरा दमाई, सर्वजीत बिक, कमलराज साउँद, नरबहादुर नाथ, अमृता देबी बुढा लगायतले प्रश्न गरेका थिए । ९० जना भन्दा बढीको सहभागिता रहेको बलातामा सम्पन्न सार्वजनिक सुनुवाइमा ढकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरत बहादुर बुढा र ढकारी प्रहरी चौकी इन्चार्ज कर्ण बिष्टले पनि सम्बन्धित सवालहरुको जवाफ दिनु भएको थियो ।

पत्रकार ध्रुव बीसी, पबित्रा खड्का र कर्ण बुढाले सहजीकरण गरेको सार्बजनिक सुनुवाइको समापन वडाध्यक्ष पहलवान थापाले गर्नु भएको थियो । मंगलबार ढकारी गाउँपालिकाको वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ वडा कार्यालय तिखानमा हुँदैछ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *