२ आश्विन २०८१, बुधबार | Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘वडाध्यक्ष कार्यालयमा भेटिदैनन्, सम्झाइदिनुस्’: ढकारी ५ का स्थानीयको गुनासो



अछाम । ढकारी गाउँपालिका–५ का वडाध्यक्ष कर्णबहादुर साउँद कार्यालयमा नभेटिदा सेवा प्रवाहमा सास्ती भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । मंगलबार वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम बारे समीक्षा गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाइमा सहभागि अधिकांसले वडाध्यक्ष साउँदलाई भेट्न कि ढकारी कि राक्सेखाद पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको भन्दै आक्रोस पोखेका थिए ।

स्थानीयका गुनासा सुन्न वडा नम्बर ५ को तिखान स्थित वडा कार्यालय पुगेका गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउँदले समेत यो समस्या बारे आफुले यसअघि नै पटकपटक उहाँलाई सम्झाएको बताउनुभयो । तर गाउँमा पुग्दा पनि यहीँ गुनासो सुनेपछि अब यसबारे थप समन्वय गरेर समस्याको समाधान खोजीने बताउनुभयो ।

यदि अब पनि त्यही समस्या दोहोरीए यस बारे कार्यपालिकामा छलफल गरेर समस्याको समाधानका लागि थप पहल गरिने उहाँको भनाई छ । सार्वजनिक सुनुवाइमा प्रश्न राख्ने क्रममा स्थानीय मन्ते साउँद, कृष्णबहादुर बुढा, बीर बहादुर बुढा, गोबिन्द बहादुर बुढा, प्रेमबहादुर नेपाली लगायतले गाउँपालिका अध्यक्ष साउँद समक्ष गुनासो राख्दै वडाअध्यक्ष कार्यालयमा नभेटिदा आफुहरुले समयमा सेवा लिन नपाएकाले यो समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

साथै उनीहरुले टोलबाट छनौट गरेर पठाइएका योजनाहरु हटाएर मनोमानी रुपमा योजना निर्माण गर्ने गरिएको आरोप समेत लगाएका छन् । गाउँटोलको आवश्यकताका आधारमा योजना छान्न लगाउने तर कार्यान्वयका लागि आफुले चाहेका योजना मात्रै गाउँपालिकामा पठाउने गरेको स्थानीयको गुनासो छ । सार्वजनिक सुनुवाईमा खानेपानी, विद्यालयका भवनहरु, खेल मैदान, वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने र बर्थिङ सेन्टरमा सरसफाई कर्मचारी नियुक्त गरिदिनुपर्ने जस्ता मागहरु पनि उठेका थिए ।

जवाफका क्रममा गाउँपालिका अध्यक्ष साउँदले विकासका लागि आफुले कुनै पक्षपात नगरेको भन्दै आवश्यकताका आधारमा योजना निर्माण गरिने बताउनुभयो । जनगुनासो सुन्न र स्थानीयको मागका आधारमा योजना बनाउनकै लागि यो वर्ष देखि सार्वजनिक सुनुवाइको थालनि गरिएको भन्दै अब जुन ठाउँ जे कुराको सबैभन्दा बढी आवश्यकता छ त्यही अनुसार योजना बनाइने बिस्वास दिलाउनुभयो ।

उठेका प्रश्नको जवाफ दिने क्रममा वडाध्यक्ष कर्णबहादुर साउँदले आफु विभिन्न कारणले धेरै समय वडा बाहिर बसेपनि सेवा भने प्रभावित हुन नदिएको दाबी गर्नुभयो । उहाँले दुर्गममा रहेको वडा नम्बर ५ को समृद्धिकै लागि आफु कामकै सिलसिलामा बढी समय गाउँपालिकाको केन्द्र ढकारी बस्ने गरेको बताउनुभयो ।

तर जहाँ बसेपनि सेवाग्राहीको काम गर्न परेको बेला आफु दैनिक रुपमा समेत वडामा आवतजावत गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा ढकारी स्वास्थ्य शाखाका प्रमुख सुरत बहादुर बुढाले पनि सम्बन्धित प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष रामबहादुर बुढाले सेवा प्रवाहको विगत र वर्तमान अवस्था बारे बोल्नु भएको थियो भने पशु विकास शाखा प्रमुख खकेन्द्र जैसी, उद्यम विकास सहजकर्ता नबीन बुढा र सहास नेपालका परियोजना अधिकृत अस्मिता घिमिरे लगायतको पनि उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार ध्रुव बीसीले गर्नु भएको थियो । बुधाबार गाउँपालिकाको वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ वडा कार्यालय घोडाखानमा हुँदैछ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *