२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनको षोडशा देवी मन्दिरमा नित्य पुजा र आरती



मंगलसेन । अछाम सदरमुकाम मंगलसेन स्थित दरबार परिसरमा रहेको षोडशा देवी मन्दिरमा नियमित नित्य पुजा र आरती सुरु गरिएको छ । नगर प्रमुख पदम बहादुर बोहराले बिहीबार देखि नित्य पुजा र आरतीको प्रारम्भ गर्नु भएको हो ।

१९ औँ शताब्दीमा स्थापना भएको यो मन्दिरमा विभिन्न पुजारीहरुले पुजाआजा गर्दै आएका थिए । यो मन्दिरका हालका पुजारी ज्ञनेन्द्र प्रसाद ढुंगानाले अबदेखि नियमित रुपमा बिहान नित्य पुजा र साँझ सन्ध्याकालिन आरती गर्नुहुने छ ।

केहि समयदेखि पुजाआजा बिहीन बनेको यो मन्दिरको मंगलसेन नगरपालिकाद्धारा गरिएको निरीक्षण पश्चात अब सधैं नित्य पुजा र आरती गर्ने गरी सुभारम्भ गरिएको मंगलसेन नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताउनुभयो ।

उहाँका अनुसार पुजारी ढुंगानाले हाल पाउदै आएको सेवा सुविधामा केहि थप सुविधा दिने गरी नगरपालिकाले यो मन्दिरको सुधार तथा ब्यवस्थापन गरेर दरबार परिसरमा रहेको षोडशा देवी मन्दिरलाई अझै ब्यवस्थित बनाउने तयारी छ ।

नित्य पुजा र आरती प्रारम्भ भएको पहिलो दिन नगर प्रमुख बोहरा, उपप्रमुख संगीता रावल, (सोडारी) प्रमुख प्रशासकीय अधिकृत डाँगी, कर्मचारीहरु, पत्रकार, स्थानीय ब्यापारी लगायतले पुजाआजा गरेका थिए ।

मंगलसेन दबार स्थापनाकै समयदेखि सुरु भएको यो मन्दिरमा हालका पुजारी ढुंगानाले २०७४ सालदेखि मन्दिरमा पुजारीका रुपमा पुजाआजा गर्दै आउनु भएको थियो । त्यस अघि मंगलसेनकै स्वर्गीय हरीप्रसाद ढुंगाना यो मन्दिरका पुजारी हुनुहुन्थ्यो ।

हरीप्रसादको निधनपछि मन्दिरमा पुजाआजा बन्द हुँदा कुरुप बन्दै गएको षोडशा देवी मन्दिरमा अब भने नियमित नित्य पुजा र आरती हुनेछ । जसले मंगलसेन दरबार अवलोकनमा आउनेहरुका लागी समेत यहाँ दर्शन गर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ६ : ५६ बजे

  • ...
    🔍 + 1.824758 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=36e426c911f6ea0a8a8b56ea9ad01fe9& 🔍

    yte1t5

    ...
    🔍 Message; TRANSFER 1.552152 BTC. Assure >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=36e426c911f6ea0a8a8b56ea9ad01fe9& 🔍

    90xuaz

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *