मङ्गलसेन । अछाम जिल्लामा सरुवा भई आएका जिल्ला प्रहरी प्रमुख प्रहरी नायवउपरिक्षक पविन्द्र बहादुर बम्मसंग जिल्लाका पत्रकारले विभिन्न समसामयिक विषयमा छलफलगरेका छन् । आइतबार भएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा अछाममा अहिले विद्यमानसमसामयिक विषय तथा शान्ति सुरक्षाको सवालमा प्रहरीको प्रभावकारी भूमिका समेतकाविषयमा छलफल भएको हो ।
पछिल्लो समय सबैभन्दा धेरै लागुऔषध दुव्र्यसनको समस्या विशेषगरी विद्यालय उमेर समुहकाकिशोरकिशोरीमा व्याप्त रहेकाले यसतर्फ केन्द्रित भएर काम गर्न प्रहरीलाई पत्रकारको सुझाव छ। यस्तै लैंगिक हिंसा, घरेलु हिंसा, छाउपडि कुप्रथा, सडक सुरक्षा, विभिन्न सामाजिक विकृतीलगायतका विषयमा निरन्तरको अनुगमन र समन्वय आवश्यक रहेको भन्दै उनीहरुले संचारकर्मी, जनप्रतिनिधि, सरोकारवाला निकायसंगको समन्वयमा काम गर्नु पर्नेमा प्रहरी प्रमुख बम्मकोध्यानाकर्षण गराएका हुन् ।
यसैगरी जिल्लामा भएका घटना सम्बन्धी सूचना उपलब्ध गराउने कुरामा जिल्लाभित्रैकापत्रकारसंग समन्वयको अभाव विगतमा देखिने गरेको भन्दै सहि र पूर्ण सूचना समयमै पाउनेअवस्थाको निर्माण हुनुपर्ने पत्रकारहरुको भनाई थियो । कार्यक्रममा छलफल र सुझावपछिप्रहरी नायव उपरिक्षक बम्मले जिल्लाका विभिन्न ठाउँमा रहेका जिल्ला प्रहरी कार्यालयमातहतका प्रहरी निकायलाई सक्रिय बनाई प्रभावकारी कामका लागि निर्देशन दिने बताए ।अछामको शान्ति सुरक्षा, यहाँ रहेका सामाजिक समस्या, समसामयिक विषयमा प्रहरीले गर्ने कामथप उपलब्धीमूलक बनाउनतर्फ लाग्ने उनको प्रतिबद्धता छ ।
यस्तै लागुपदार्थ दुव्यर्सनको समस्या न्यूनिकरण र नियन्त्रणका लागि छड्के अनुगमन, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन, यस सम्बन्धी कानूनको प्रभावकारीकार्यान्वयनमा ध्यान दिने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामको नेतृत्वमा डिएसपी बम्म लाई खाँदासहित सम्मानगरिएको थियो । भेटघाट तथा परिचयात्मक कार्यक्रममा जिल्लामा सक्रिय पत्रकारहरुकोउपस्थिती रहेको थियो ।











प्रतिक्रिया