मंगलसेन । अछाममा अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर-५ स्थित प्रशासन रोड नजिक पक्की सडकको ओरालोमा अटो अनियन्त्रित भई दुर्घटना हुदा एक जना पुरुषको मृत्यु भएको हो ।
वडा नम्बर ३ लाछिमनाबाट मंगलसेन बजारतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ह ६११३ नम्बरको अटो दुर्घटनामा लाछिमनाका करिब ४८ वर्षिय नृप बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लगीएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परेको अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।











प्रतिक्रिया