काठमाडौं । नेपालमा डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । बिहीबार एकैदिन दुई जनाले ज्यान गुमाएपछि मृतकको संख्या ३८ पुगेको हो ।
जसले मुलुकभर देखिएको डेंगुको प्रकोपले महामारीको रुप लिन थालको देखिन्छ छ । तर केन्द्र देखि स्थानीय सरकारहरु भने मौन छन् । बिहीबार मात्रै ५४० जनामा संक्रमण देखिएको छ ।
साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।
हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।
नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।
प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न चिकित्सकहरुले सुझाएका छन् ।
प्रतिक्रिया