१८ बैशाख २०८१, मंगलबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५३ हजार स्मार्ट घडी आयात



काठमाडौं । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच) आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

यो वर्ष स्मार्ट घडीको आयात गत वर्षको भन्दा कम हो । गत वर्ष यस्तै अवधिमा ७ करोड ९८ लाख मूल्यको ६६ हजार २८१ हजार वटा स्मार्ट घडी आयात भएको थियो । यसबाट सरकारले २ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्ट वाचको माग उच्च छ । स्मार्टफोनसँग कनेक्ट गर्न र स्वास्थ्यसम्बन्धी जानकारी लिन स्मार्ट वाच उपयोगी मानिन्छ ।

यसैगरी साउन र भदौमा ६ अर्ब १८ करोड मूल्यको स्मार्ट फोन पनि आयात भएको छ । सरकारले ३ सय डलरभन्दा बढी मूल्यमा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएका कारण करिब आयात घटेको छ ।

यो अवधिमा ४ लाख ३८ हजार ९८५ वटा स्मार्ट बार फोन पनि आयात भएको छ । साउन र भदौमा ४६ करोड ८६ लाख मूल्यको ४ लाख ६० हजार बारफोन आयात भएको छ । बार फोन आयातबाट सरकारले ७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *