काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङ जलविद्युत् केन्द्र नेपालको पहिलो र एसियाकै दोस्रो जलविद्युत् परियोजना हो ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजना १९६८ जेठ ९ गतेबाट सञ्चालनमा आएको थियो । तत्कालीन समयमा ७ लाख १३ हजार रुपैयाँ लागतमा तयार भएको जलविद्युत् केन्द्र ०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो।
त्यसपछि भने ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृह बन्द भएको थियो। केन्द्रको मर्मतसम्भार गरी पुनः ०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ।
प्रतिक्रिया