२० बैशाख २०८१, बिहिबार | May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम सफा, विस्तारै चिसो बढ्दै



काठमाडौं। अहिले देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । प्रदेश एक लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम सफा भएपनि चिसो बढ्दै गएको छ । काठमाडौंसहित देशका पहाडी र हिमाली क्षेत्रमा न्युनतम तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *