गुलरिया। बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक वनमा मृत पाटेबाघ फेला परेको छ। जंगलभित्र मृत्यु भएकै अवस्थामा वयस्क पोथी पाटेबाघ भेटिएको हो।
मधुवनस्थित सामुदायिक बन भित्र वयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजनल वन अधिकृत प्रविण विडारीले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) सहितको प्राविधिक टोली घटना स्थल पुगेर मृत बाघको बारेमा जानकारी संकलन गरेका छन्। खाता जैविकमार्गलगायत आसपासका जंगलमा पाटेबाघहरू बस्ने गरेको प्रमुख बिडारीको भनाइ छ। बर्दियामा पाटेबाघको संख्या बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जलगायत यसका मध्यवर्ती क्षेत्रहरूमा बाघको ओहोर दोहोर हुने गरेको छ।
सामुदायिक वनमा भालेसँगको लडाइँमा पोथी बाघको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले जानकारी दिए। यौन एवं आधार इलाका निर्माणका क्रममा बाघहरूबिच लडाइँ हुने उनीहरूको सामान्य प्रक्रिया भएकाले कतिपय बाघहरू बाघकै आक्रमणबाट मर्ने गरेका छन्। जंगलमा आधार ईलाकाको प्रभुत्व जमाउन, संसर्गका बेला र भालेले बच्चा मार्ने क्रममा बाघ बाघविच लडाइँ हुने कडरियाले प्रष्ट्याए। कहिलेकाहीँ घमासान युद्ध पनि हुन जान्छ। त्यसैले शरिरमा बेस्सरी चोट लागेको अवस्थामा बाघ मर्छ।
जैविकविविधताको प्रणालीमा यसलाई सामान्य रूपमै लिइन्छ। खाता जैविक मार्ग क्षेत्रमा दुई बर्षको अवधिमा तिन बटा पाटेबाघ मरेको छ।











प्रतिक्रिया
Stan Store
I'm really inspired along with your writing skills as well as with the structure on your blog. Is that this a paid subject matter or did you customize it yourself? Either way keep up the nice high quality writing, it's rare to look a nice blog like this one today. Stan Store!