काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतदान सुरु भएको छ । दुई सय ७५ प्रतिनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेशसभा सदस्य चुन्न आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सम्पन्न हुने छ। आगामी पाँच वर्षका लागि संघ र सातै प्रदेशमा सरकार बनाउने जनादेश भएकाले निर्वाचनलाई प्रमुख दलहरूले प्रतिष्ठा बनाएका छन । संविधानसभा जारी भएपछि हुन लागेको यो दोस्रो आमनिर्वाचन हो।
यस चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ । २२ मंसिरभित्र पूर्ण नतिजा दिने र यसै महिना नयाँ सरकार बन्ने आयोगको विश्वास लिएको छ।
प्रमुख आयुक्त दिनेश थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन। निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन।
मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन । आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ। यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन। चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील रहेका छन।
आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदी–बन्दीको मतदानका लागि एक सय ४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । करिब चार लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन ।
मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन । एउटा मतदान केन्द्रमा कम्तीमा नौदेखि १२ जनासम्म कर्मचारी खटिएका छन । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन्। सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटिएका छन।











प्रतिक्रिया
binance
Your article helped me a lot, is there any more related content? Thanks!
註冊binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.