२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित



झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। 

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएका हुन्। 

उनको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले पहिलो खाता खोलेको हो। 

गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटि सदस्य अग्निप्रसाद खरेललाई  १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन्। 

शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन। खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन्। ८१ हजार ७ सय ६४ मत खसेको थियो।

२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पहिलो पटक कांग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रवीन कोइरालासँग पराजित भएका थिए। 

२०७४ सालको निर्वाचनमा उनी माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्रका पालिकाहरूमा एमाले जनप्रतिनिधिको वर्चस्व रहेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४९ बजे

  • ...
    Binance注册奖金

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    ...
    Blaze ai

    I'm extremely impressed along with your writing talents and also with the format to your blog. Is this a paid topic or did you modify it your self? Either way stay up the excellent high quality writing, it's rare to look a great blog like this one nowadays. TikTok Algorithm!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *