२८ मंसिर २०८२, शनिबार | Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोण बारे प्रशिक्षण हुने



काठमाडौं । काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोण सम्बन्धि प्रशिक्षण हुने भएको छ । व्यक्ति, परिवार, समाज तथा संस्थाहरुमा सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी सिकाउन प्रशिक्षण गर्न लागिएको हो ।

ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आयोजना गर्न लागेको प्रसंसनीय खोज दृष्टिकोण प्रशिक्षण (APPRECIATIVE INQUIRY APPROACH) पुस १ गते देखी ४ गतेसम्म चल्ने छ ।

जहाँ परिवार, समाज, तथा संस्थाहरुमा शुसुप्त अवस्थामा सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी बारे नेपाली र विदेशी विज्ञहरुले सहजीकरण गर्ने छन् ।

प्रसंसनीय खोज दृष्टिकोणको विधीले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहा भएका सबै खाले कमजोरीहरुलाई निष्कृय बनाउने गर्दछ ।

यसलाई आगामी दिनहरुको लागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाइ कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवहारीक र प्रणालीगत विधीका रुपमा बुझिन्छ ।

यस विधिको सहि सदुपयोगले यथास्थितीमा रुमलिएका जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन् । यस विधीको प्रयोगले ब्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभावनाका मुनाहरुले फक्रिने अवसर पाउदछन् ।

तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउने भएकाले प्रसंसनीय खोज दृष्टिकोणलाई जीवनको मुल अध्यायका रुपमा लिने गरिएको छ । पछिल्लो समय नेपालमा पनि प्रसंसनीय खोज दृष्टिकोणले व्यापकता लिएको छ ।

चार दिनसम्म संचालन हुने यस तालिममा यस विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएका दस्तावेजलाई सैद्धान्तिक तथा ब्यबहारिक रुपमा प्रस्तुत गरिने तयारी छ ।

यो तालिमका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी अघि बढाउन सकिन्छ र सकारात्मक रुपान्तरणकालागि कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन ।

तालिमको प्रशिक्षकका रुपमा यस विधीका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विधार्थी तथा यस विधीका सर्टिफाइड प्रशिक्षक डा. रामचन्द्र लामिछाने सहित विदेशी विज्ञहरु रहने छन् ।

बिभिन्न क्षेत्रमा तालिम सहजीकरण गरिरहेका प्रशिक्षहरु मध्येवाट २० जना सहभागीहरुलाई प्रशिक्षक प्रशिक्षणको लागि छनौट गरिएको ईस्टिच्युटले जानाकारी गराएकोछ । तालिममा लामिछानेद्धारा लिखित प्रसंसनीय खोजको अंग्रेजी गितको समेत शुभारम्भ गरिने छ ।

देशैभर प्रसंसनीय खोज दृष्टिकोण विषयका प्रशिक्षकहरु विकास गर्ने उद्धेश्यका साथ प्रसंसनीय खोज दृष्टिकोण प्रशिक्षक प्रशिक्षण गर्न लागिएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ०८ बजे

  • ...
    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *