२८ मंसिर २०८२, शनिबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को–पाइलट अन्जु : जसले १६ वर्षअघि विमान दुर्घटनामै पाइलट पति गुमाएकी थिइन्



काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी चालक दलकी सदस्य अन्जु खतिवडाका पतिको १६ वर्षअघि नै विमान दुर्घटनामा निधन भएको थियो।

विमानको पाइलट कमल केसी र को–पाइलट अन्जु खतिवडा थिए। परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए।

को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को–पाइलट नै थिए। यती एयरलाइन्समै कार्यरत थिए। २०६३ असार ७ गते उनको जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा ज्यान गएको थियो।

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्। अन्जु २०३४ सालमा मोरङको विराटनगर (हालको वडा नं.५)मा जन्मिएकी थिइन्।

काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० दुर्घटना भएको थियो।

जहाजमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु थिए।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : २४ बजे

  • ...
    anm"ala dig till binance

    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/da-DK/register-person?ref=V2H9AFPY

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *