२८ मंसिर २०८२, शनिबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैंसी प्रसंगले संसदमा हंगामा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दलको घेराबन्दीमा परेका छन् । उनको चार दिने भ्रमणलाई लिएर सोमबारको प्रतिनिधिसभाको बैठकमा हंगामा भएको हो ।

प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रतिपक्षीहरुले प्रश्न उठाएका छन् । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले ‘नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए’ भनेपछि माओवादी सांसद्हरुले उठेर विरोध जनाए ।

माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए ।

उनले प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरे । त्यसपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदले होहल्ला गरेका थिए ।

उक्त शब्दलाई लिएर विवाद बढ्दै गएपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । तर त्यसलाई लिएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आपत्ति प्रकट गरे ।

एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोले पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
तर एमाले र रास्वपाका सांसदहरूले प्रधानमन्त्रीले भनेको शब्द पनि हटाउनु पर्ने माग गरिरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : ११ बजे

  • ...
    Beehiiv

    I am extremely impressed with your writing skills and also with the layout on your weblog. Is this a paid subject matter or did you customize it your self? Either way stay up the nice quality writing, it is uncommon to peer a great blog like this one nowadays. TikTok Algorithm!

    ...
    Code of your destiny

    I'm really inspired with your writing talents as smartly as with the format to your weblog. Is this a paid theme or did you modify it your self? Either way keep up the nice quality writing, it's uncommon to look a nice blog like this one today!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *