कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । अध्यक्ष उपाध्यायले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
भोलिदेखि सुरु हुन लागेको अनिश्चितकालीन विद्यालय बन्द अघि अध्यक्ष उपाध्यायले यस्तो चेतावनी दिएका हुन् । ‘देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिका र सामाजिक सञ्जालमा आएको समाचारप्रति यस मोहन्याल गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘मोहन्याल गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालय, कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ ।’ उनले आफ्नो निर्देशन अनुसार विद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् ।
‘विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरूलाई मोहन्याल गाउँपालिका शिक्षा ऐन २०८० बमोजिम कारबाही हुने सम्पूर्णमा यहि सूचना मार्फत जानकारी गराइन्छ ।’ उनले लेखेका छन् । सेवासुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।
सेवा सुरक्षा ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर, बजेट भाषणमा सम्बाेधन नगरिएपछि उनीहरूले आन्दोलन थालेका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन् । विद्यालय बन्द गरी आन्दोलनमा सहयोग गर्न गरिएको परिपत्रमा कैलालीका कतिपय पालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीका पेसागत संघ, संगठनहरुले एक्यबद्धता जनाएका छन् ।







प्रतिक्रिया
Stan Store
I am extremely inspired with your writing abilities as smartly as with the structure on your weblog. Is this a paid subject or did you modify it yourself? Either way stay up the nice quality writing, it is rare to peer a great weblog like this one today. HeyGen!