२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा नेता आए चोर आयो भन्छन्, यस्तो व्यवस्था खोजेका छैनौँ : मन्त्री धामी



कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेश सरकारले भ्रष्टाचार अन्त्य गर्न शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले जनतालाई सुशासन दिन नसके व्यवस्थामाथि नै प्रश्न उठ्ने बताए ।

आइतबार कैलालीको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा डिप ट्युवेल सिचाईं आयोजनाको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री धामीले जनतालाई छिटोछरितो सेवासुविधा दिनु नै संघीयताको मर्म भएको बताए । ‘सुदूरपश्चिम सरकारको मन्त्रीको हैसियतले म यहाँ उपस्थित छु र भन्न चाहान्छु,’ उनले भने, ‘हामीले सेवासुविधा दिनुपर्छ । जनताका समस्याहरु समाधान गर्न देशमा संघीयता ल्याएको हो ।’

सो अवसरमा उनले गाउँगाउँमा सबै अधिकार पुग्नुपर्ने बताए । ‘जनताले सबै सुविधा पाउनुपर्छ । जनतालाई नजिकबाट सेवासुविधा दिन सकियोस् भनेर हामी संघीयतामा गएको हो ।’ उनले भने, ‘आज हामीसँग तीनवटा सरकार छन् । केन्द्रमा संघीय सरकार छ, उसले ठूलाठूला कामहरु गर्छ । त्यसपछि प्रदेश सरकार छ, उसले बीचबाट कामहरु गर्छ । त्यसपछि तल जनतासँग रहेर कहाँ–कहाँ बाटो, पानी, बिजुली पुग्यो, कहाँको जनतालाई सिचाईं गर्न अभाव छ । कहाँ खानेपानी पाइरहेका छैनन् भन्ने कुराको हेरचाह गर्नका लागि गाउँको सरकार, स्थानीय सरकार हो ।’

सो अवसरमा मन्त्री धामीले राज्यको नजरबाट धेरै भुभाग अझै टाढा रहेको बताउँदै उनले जनतालाई बढीभन्दा बढी सेवा र सुविधा पुर्‍याउनु पर्ने बताए । ‘बाहिरबाट हेर्दा कैलाली जिल्ला निकै सुगम छ कैलाली जिल्लाले सबै चिज पाएको छ भन्ने धेरैको बुझाई छ तर, हामीसँगै सहकार्य गर्ने अन्य जिल्लाका मन्त्री ज्यू, माननीय ज्यू, सांसद ज्यू सबैलाई पर्छ । तर, चाहेजति विकास हुन सकेको छैन । उनले भने ।’

आफूले संकटकालको बेला मोहन्यालका धेरैक्षेत्रको वस्तुस्थिति बुझेको बताउँदै उनले शान्ति प्रक्रियापछि जुन गतिमा विकास हुनुपर्थ्यो त्यो हुन नसकेको बताए । ‘राज्यले हामीलाई धेरै किसिमका सुविधाहरु दिनुपर्छ भन्ने कुरा म बोलिरहेको छु,’ उनले भने,‘ यो स्थानीय सरकारको सहकार्यमा स्थानीय सरकारले गर्न नसक्ने कुराहरु प्रदेश सरकारले गर्ने हो । प्रदेश सरकारले नसक्ने कुरा हामीले संघ सरकारसँग माग गर्ने हो ।’ उनले सामान्य कुराको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारसँग भएको बताए ।

खानेपानी, बाटोकुलो, माध्यमिक तहसम्मको शिक्षा, स्वास्थ्य उपचार स्थानीय स्वायत्त सरकारको दायित्वभित्र पर्ने उनले उल्लेख गरे । स्थानीय सरकारले यसमा पहँच पुर्याउन नसके, उपस्थिति कम भए प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ । ‘सुशासन, भ्रष्टाचार अन्त’ प्रदेश सरकारको मूलमन्त्र भएको बताउँदै उनले भने कुनैपनि ठाउँमा भ्रष्टाचार हुनु भएन । मैले घुस मागेभने जनतामा भन्नुहोला । कर्मचारीहरुलाई घुस नदिनुहोला । जल्लेजल्ले घुस माग्छ तपाईंहरु भण्डाफोर गर्नुहोस् ।

हाम्रो घरघरदेखि घुसप्रक्रिया सुरु भएको छ । वडा कार्यालयबाट, गाउँपालिकामा, प्रदेश जहाँजहाँ जानुहुन्छ त्यहाँ भ्रष्टाचारीहरु छन् । घुसखोरीहरु छन् । त्यसैले हामीले हाम्रो सरकारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका छौँ । सुशासनको पाटोमा जनतालाई दुःख नदिने प्रतिबद्धता आफूहरुले गरेको उनले बताए ।

‘नेता आएपछि जनता भाग्ने, मन्त्री आएपछि जनता भाग्ने यस्तो व्यवस्था खाजेको हामीले?’ उनले भने, आफ्नो मन्त्री आएपछि नजिक आउनुपर्याे । माया गर्नुपर्यो, प्यार गर्नुपर्यो । ‘यहाँ त नेता आए भागभाग, ए चोर आयो भन्छन् । यस्तो व्यवस्था हामीले खोजेका छैनौँ । त्यस्तो क्रियाकलाप जो व्यक्तिबाट भएको छ, त्यस्तालाई भण्डाफोर गर्नुस् । पार्टी र नेताहरुलाई गाली गरेर केही हुन्न । उनले धेरै ठूलो दुःख र संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए ।

आयोजनाको बिबिएस कन्ट्रक्सन एण्ड द्रिलिंगले ठेक्का सम्झौता गरेको थियो । कुल १७ लाख ७६ हजार ५ सय रुपैयाँमा डिप ट्युवेल सिचाई आयोजना निर्माण हुन लागेको होे । आयोजनाको २०८० जेठ २३ मा सम्झौता भई असार २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

अनुगमनका क्रममा पूर्वसांसद वीरमान चौधरी र जनक बुढाको सहभागिता रहेको थियो । समाजसेवी अमर टमट्टाको स्वागत मन्तव्यसँगै सुरु भएको अनुगमन समारोहमाकार्यपालिका सदस्य नानी दमाई, समाजसेवी हिमाल विश्वकर्मा र जंगबहादुर बगाले शुभकामना मन्तव्य राखेका थिए भने, सञ्चालन स्थानीय विष्णुबहादुर बुढाले गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : २७ बजे

  • ...
    TikTok ManyChat

    I am extremely impressed along with your writing abilities as neatly as with the layout for your weblog. Is this a paid subject or did you modify it yourself? Either way stay up the nice quality writing, it's rare to see a nice blog like this one today. Stan Store alternatives!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *