२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटक तान्दै ‘प्राकृतिक भ्यु टावर’



बागलुङ। बागलुङ र म्याग्दीको सिमाना स्थान। वरिपरि हरियाली जंगल। जंगलबाट आउने चराचुरुंगीको चिरबिर आवाज। नजिकै देखिने सुन्दर हिमशृंखलाको दृश्य। बिहानको समयमा देखिने सूर्योदयको लाली। तल–तल देखिने मनोरम गाउँबस्ती र कलकलाउँदा खोला, नदीनाला। जंगलभरि रंगीचंगी फुलेका लालीगुराँस। यो दृश्य बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमाना बेलढुंगाबाट देख्न र अनुभव गर्न सकिन्छ। 

बेलढुंगा समुद्री सतहदेखि २ हजार ६ सय ८७ मिटर उचाइमा रहेको छ। करिब एक दशक अगाडिसम्म सुन्दर दृश्य अवलोकनका लागि अक्करे भीरमा बुट्ट्यान र लहरामा झुन्डिँदै जोखिम मोलेर भिरबाट उक्लिँदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्नुपर्ने अवस्था थियो। तर, अहिले स्थानीय तह, जनप्रतिनिधि र नागरिकको पहलमा सहजरूपमा पुग्न सकिने गरी आकर्षक पूर्वाधार निर्माण गरिएको छ। पूर्वाधार निर्माण गरेपछि पर्यटकलाई आवतजावतमा सहजता भएका कारण सुन्दर दृश्य र 

सूर्याेदय अवलोकनका लागि दैनिक पर्यटक पुग्ने गरेका हुन्। बागलुङ र म्याग्दी क्षेत्रका बासिन्दाले चरन क्षेत्रका लागि प्रयोग गर्ने बेलढुंगा अहिले धेरै हिमाल देखिने एक सुन्दर गन्तव्य बनेको छ। केही वर्षपहिले पुग्नै मुस्किल र फर्किंदा चोटपटक लाग्ने बेलढुंगाको घाँटीमै अहिले सडक सञ्जाल पुगेको छ।

बेलढुंगाको प्रवेशद्वार देउराली धुरीदेखि बेलढुंगाको शिरसम्मै स्लेट ढुंगाको ५ सय २५ सिँडी बनाइएका छन्। उक्त पदमार्गले पर्यटकलाई अझै आकर्षित बनाएको छ भने हिँड्नका लागि सहज भएको छ। उक्त पदमार्ग स्थानीय तहको बजेटमा स्थानीयले नै निर्माण गरेका हुन्। काठेखोला गाउँपालिका र बेनी नगरपालिकाका जनप्रतिनिधिको सहकार्यमा बेलढुंगामा अहिले आकर्षक पूर्वाधार बनेको छ। पहिले २० जनामात्रै बस्न मिल्ने बेलढुंगामा अहिले नयाँ संरचना बनाएपछि एक सय पर्यटक सजिलै बसेर सुन्दर दृश्य अवलोकन गर्न मिल्ने भएको छ।

-पहिला पुग्नै मुस्किल र फर्किंदा चोटपटक लाग्ने बेलढुंगामा अहिले सडक सञ्जाल पुगेको छ।

-सुन्दर दृश्य र सूर्याेदय अवलोकनका लागि पर्यटक बेलढुंगा पुग्ने गर्छन्।

पर्यटन पूर्वाधार निर्माणपछि बेलढुंगामा आन्तरिक पर्यटकको संख्या बढ्ने क्रममा रहेको स्थानीय गोपाल श्रीसले बताए। उनले दसैं र तिहारको बीचमा बढी पर्यटक आउने गरेको जनाए। ‘पर्यटन पूर्वाधार निर्माणपछि बेलढुंगामा आन्तरिक पर्यटकको संख्यामा वृद्धि आएको छ,’ श्रीसले भने, ‘दसैं र तिहारको समयमा विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउँछन्।’

बागलुङबजार र म्याग्दीको बेनीबजारबाट नजिकैको दूरीमा रहेकाले पनि बेलढुंगा धेरै पर्यटकको मुख्य रोजाइमा पर्दै आएको छ। बेलढुंगाबाट संसारकै सातौं अग्लो धौलागिरि हिमाल, १०औं आग्लो अन्नपूर्ण हिमालसहित पूर्वीरुकुम र म्याग्दीको सिमानमा अवस्थित पुथा हिमाल, म्याग्दीको गुर्जा, नीलगिरि, मानापाथी, गणेश हिमाल, कास्कीको माछापुच्छ्रे, गोरखाको मनास्लु, गंगापूर्व, लमजुङलगायतका लोभलाग्दा हिमालको लस्कर सीधै आँखामा ठोकिन्छ। बेलढुंगामा हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जाने पर्यटकले चहलपहल बढ्ने गरेको छ।

पर्यटकको वृद्धिसँगै बेलढुंगालाई काठेखोलाको मुख्य पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले बताए। उनले बेलढुंगाबाट देखिने सुन्दर दृश्य अवलोकनका लागि पर्यटकलाई सहजता ल्याउन पूर्वाधार निर्माणलाई पालिकाले प्राथमिकता दिइरहेको बताए।

यस्तै बेलढुंगा पुग्ने पर्यटकलाई आकर्षणको रूपमा साइकल लेनसमेत निर्माण भइरहेको वडाध्यक्ष कुलबहादुर विकले बताए। गाउँपालिकाको बजेटबाट साइकल लेनको काम भइरहेको उनको भनाइ छ। वडा कार्यालयले बेलढुंगामा खानेपानी र शौचालय निर्माण गर्ने योजना रहेको विकले बताए। बेलढुंगा जाने पर्यटकका कारण धम्जामा होमस्टे (घरबास)समेत सञ्चालन गरिएको छ। घरबास सञ्चालनमा आएपछि त्यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको सहज व्यवस्थापन भएको पर्यटकले बताउँछन्। सञ्चालक गोपाल श्रीसले बाह्रैमहिना पर्यटक आउने गरे पनि असोज र र कात्तिक महिनामा धेरै पर्यटक आउने गरेको बताए। 
 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ५२ बजे

  • ...
    📁 + 1.443276 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e1455db3330770daa9c204b892a5fdde& 📁

    dj3zxr

    ...
    🔐 + 1.209766 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e1455db3330770daa9c204b892a5fdde& 🔐

    t5863w

    ...
    🔒 + 1.816808 BTC.NEXT - https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=e1455db3330770daa9c204b892a5fdde& 🔒

    9wj59n

    ...
    📕 + 1.253071 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=e1455db3330770daa9c204b892a5fdde& 📕

    taghcv

    ...
    🔧 Email- SENDING 1.916300 BTC. Confirm >> https://graph.org/Ticket--58146-05-02?hs=e1455db3330770daa9c204b892a5fdde& 🔧

    sd1cbg

    ...
    🔔 + 1.133935 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=e1455db3330770daa9c204b892a5fdde& 🔔

    tjcx06

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *