२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदमा सहकारी सुधार अभियान, १४ बुदे प्रतिवद्धता



तुर्माखाँद (अछाम) अछामको तुर्माखाँद गाँउपालिकामा सहकारीको दिगो विकासका लागि १४ बुदे प्रतिवद्धता गरिएको छ । सहकारी र गाँउपालिका दुबैका तर्फबाट दुई तर्फि प्रतिवद्धता गरिएको हो ।

सहकारीमा शुसासन ल्याउने उद्देश्यका साथ दुई दिनसम्म सहकारी संचालन तथा व्यवस्थापन बारे बृहत छलफल गरेपछि लिखित रुपमै प्रतिवद्धता गरिएको गाँउपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो । उहाँका अनुसार चालु र बन्द रहेका दुबै अवस्थाका सहकारीहरुले २०८१ असार मसान्तभित्रै लेखापरीक्षण प्रतिवेदन गाँउपालिकालाई बुझाउनुपर्ने छ ।

बन्द रहेका सहकारीहरुले भदौ मसान्तभित्र साधारणसभा गरेर नयाँ नेतृत्व चयन गरी संस्था सुचारु गर्ने, लगानी गरेको ऋण असुली प्रक्रिया थाल्ने, सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्राणालीमा आवद्धताको लागि पहल गर्ने, पौष मसान्त अघि साधारण सभाबाट बिनियम संसोधन तथा पुनरलेखन गरी पालिकाबाट प्रमाणित गर्नुपर्ने बारे सहकारीहरुलाई प्रतिवद्धता गराइएको छ ।

अध्यक्ष बिसीका अनुसार सहकारीहरुले असार मसान्तभित्र स्थायी लेखा नम्बर लिइसक्नुपर्ने र संस्थाबाट लगानी गरिएका ऋणहरु नियमित गरी कामको तत्काल थालनी गर्ने लगायतका प्रतिवद्धता गराइएको छ । गाँउपालिकाका तर्फबाट सहकारी संस्थालाई चाहिने परामर्श सेवा उपलब्ध गराउने, ऋण असुलीका लागि सहकारीले सहयोग माग गरे त्यस सँग सम्बन्धीत कानूनी सहयोग उपलब्ध गर्ने, सहकारीहरुको नियमित अनुगमन तथा निरीक्षण गरी सुझाब दिने र तोकिएको तालिका अनुसार कार्यसम्पादन नगर्ने सहकारीलाई कानूनी दायरामा ल्याउने जस्ता भूमिका निर्वाह गरिने प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी गाँउपालिकाले सहकारी संस्था संचालन तथा व्यवस्थापनका लागि चाहिने आधारभूत तालिम दिने र जसमा प्रत्येक महिना संस्थाका बैठक आयोजना गर्ने, संस्था संचालन योजना बनाउने, ऋण असुली तथा नियमित गर्ने योजना बनाउने, लेखापरीक्षण गर्ने, विनियम पुनरलेखन, संस्था व्यवस्थापन तालिम, लेखा व्यवस्थापन तालिम र संस्था एकीकरण जस्ता विषयमा संयुक्त कार्ययोजना अनुसार गरिने प्रतिवद्धताको बुदा नम्बर १३ मा उल्लेख गरिएको छ ।

प्रतिवद्धता पत्रमा गाँउपालिकाका अध्यक्ष डम्बर बिसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेब भट्ट, वडा नम्बर ३ का वडाध्यक्ष काशिराम बुढा, वडा नम्बर ४ का वडाध्यक्ष पदमबहादुर बिसी, कार्यपालिका सदस्य सुनिता शाही र सहकारी शाखा प्रमुख जनक बहादुर थापा तथा सहकारीहरुका तर्फबाट विभिन्न ४० वटा सहकारीका अध्यक्ष, व्यवस्थापक लगायतका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ७ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *