३ आश्विन २०८१, बिहिबार | Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अग्नी पीडितलाई मोहन्याल गाउँपालिकाको सहयोग



कैलाली । कैलालीको मोहन्यालका अग्नि पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ । मोहन्याल गाउँपालिका–३ का वीरबहादुर थापाको घरमा शुक्रबार सिलिन्डर ग्यास पड्किएर आगलागी भएको थियो । प्रहरीका अनुसार शुक्रबार बिहान खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा थापाको एक तले दुई कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको थियो ।

आगलागीबाट घरसहित घरभित्रका लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको थियो । आगलागीबाट ४ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अग्नि पीडितको घरमै पुगेर शनिबार मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) र प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले २९ हजार ६४४ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाका सामाग्री हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरणका क्रममा गाउँपालिका अध्यक्ष उपाध्यायले समाज र समुदाय घट्ने कुनैपनि विपदका घटना रोकथाम तथा न्यूनिकरणमा सर्तकताको खाँचो रहेको औंल्याउँदै अप्ठ्यारोमा एकअर्कोलाई सहयोग, सहानूभूति, समन्वय र सहकार्य गर्नुपर्ने बताए । उनले विपद्का घटनाबाट क्षतिको प्रकृति अनुसार राहत सहयोगका लागि गाउँपालिकाले कार्यविधि निर्माण गरेको र सोही अनुसार विपद व्यवस्थापन कोषबाट सहयोग गरिएको बताए ।

यसअघि शुक्रबार आगलागी पीडित थापाको घरमै पुगेर सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर), उपाध्यक्ष कमलबहादुर साउद र वडाध्यक्ष नन्दराम गिरी (नविन) ले सहयोग तथा राहत उपलब्ध गराउन प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  २ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *