३ आश्विन २०८१, बिहिबार | Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान दिवसको अवसरमा ढकारीमा शुभकामना आदानप्रदान



अछाम । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा अछामको ढकारी गाउँपालिकामा शुभकामना आदाप्रदान कार्यक्रम गरिएको छ । गाउँपालिकामा सरसफाइ सम्पन्न गरेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष साउँदले गरिब, निमुखा र अभावमा रहेका बर्गलाई अनुभुति दिने गरी संविधान कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ । उहाँले अहिले पनि संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै नीतिमा लेखिने बिषयहरु सबैको पँहुचमा नपुगेसम्म त्यसको पूर्ण कार्यान्वयन भएको मान्न नसकिने बताउनुभयो ।

सत्ता र शक्तिमा रहेकाहरु बाहेक अन्य बर्गले पनि संबिधानले दिएको सुबिधा लिन पाउनुपर्ने भन्दै अध्यक्ष साउँदले न्याय कसैका लागि पनि पक्षपातको बिषय बन्न नहुने उल्लेख गर्नुभयो । स्थानिय तहहरुले संविधानको मर्म र भावना अनुसार सेवा दिइरहेको भएपनि अझै त्यसलाइ सहजता प्रदान गर्न संघिय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाहीको स्वागत मन्तब्य बाट सुरु भएको सभामा नोपाली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुँवरले संविधानको रक्षा गर्न सके मात्र देशको शासन व्यवस्था बलियो हुने बताउनुभयो ।

त्यसका लागि संबिधानको रक्षाका लागि सरकार नै पहिलो जिम्मेवार निकाय भएकाले यसमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा निवर्तमा उपाध्यक्ष लक्ष्मी साउँद, वडा नम्बर १ का कार्यवहाक वडाध्यक्ष नयाँराम भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रबहादुर बुढा, वडा नम्बर ५ का वडाध्यक्ष कर्णबहादुर साउँद र वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाको उपस्थिति रहेको थियो ।

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका टंक साउँद, नेकपा माओवादी केन्द्रका नृपबहादुर थापा, नेकपा एकीकृत समाजवादीका देबेन्द्र बुढा र नेपाल शिक्षक महासंघका उपाध्यक्ष बद्री प्रसाद रिमाल लगायत ढकारी गाउँपालिकाका विभिन्न शाखाका प्रमुख सहित अन्य सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

यसैबिच संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा अछाममा विभिन्न कार्यक्रम गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्रभातफेरी, सभा र सरसफाइ गरिएको हो । दिवसको अवसरमा सदरमुकाम मंगलसेनमा प्रभातफेरि सहित शुभाकामना आदानप्रदान गरिएको छ । मंगलसेनको बसपार्कबाट सुरु भएको प्रभातफेरी बैरागीधारा, बिच बजार हुँदै मंगलसेन दरबार स्थित खुला मंचमा पुगेर सभामा परिणत भएको थियो । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको सभामा सहभागिहरुले संविधानको रक्षा र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिएका थिए ।

गणतन्त्रपछि पनि सामान्य नागरिकहरु अझै अन्याय र अभावमा रहेको भन्दै उनीहरुले यसले संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सबैले सोच्नुपर्ने बताएका थिए । संविधान दिवस सफल पारौं, वर्तमान संविधान जनताको संविधान भन्ने मुल नारा, व्यानर, प्लेकार्ड, एवं बाजागाजा सहितको प्रभातफेरी पश्चात आयोजित सभामा जिल्ला समन्वय समितिका उपप्रमुख दानमती बम शाही, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, उप–प्रमुख संगिता रावल सोडारीले सम्बोधन गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका उपसभापति नयाँराम बजगाई, नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहरा, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, गोरख बक्स गण ब्यारेक मंगलसेन अछामका सेनानी अमृत खड्का, जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायतको सभामा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *