१६ कार्तिक २०८१, शुक्रबार | Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक एकताकालागि धर्मको संरक्षण गरौँ : सांसद शाह



अछाम । प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले सामाजिक एकताका लागि धर्मको संरक्षण गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले धर्म र संस्कारले समाजलाई मजबुत बनाउने भएकाले सामाजिक एकता कायम राख्न धर्मको संरक्षण गर्नुपर्ने बताउनु भएको हो ।

अछामको कमलबजारमा आजदेखि सुरु भएको श्रृंगारीक महा आरती धर्म जागरण सप्ताह महा महोत्सवको उद्घाट समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै सांसद शाहले समाज र मानव सव्यता सबै धर्ममा बाधिएकाले सबैले अधर्म भुलेर सत्कर्म र धर्मको मार्गमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

मानिस धार्मिक बन्दै गए समाज सभ्यताको प्रतिविम्ब बन्दै सुखि र समृद्ध समाज निर्माण हुने उहाँको भनाई छ । आपसी सद्भाव र एकताका लागि यो महा महोत्सवले सबैलाई प्रेरणा दिने विश्वास गर्दै सांसद शाहले पुण्य र मनको शान्तिका लागि सबैले यस्तो कार्यमा एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

अहिले मानिसहरु आपसी मनमुटाव र द्धन्द्धात्मक समस्याबाट गुज्रिरहेकाले मनैदेखि शान्ति र एकता कायम गराउन पनि धर्म छोड्न नहुने उहाँले उल्लेख गर्नुभयो । सांसद शाहले सामाजिक अशान्तिलाई शान्तिमा परिणत गर्न मात्र नभई मन शान्त बनाउन र सुखि जिवन जिउन पनि धर्मले आत्मबल प्रदान गर्ने गरेको भन्दै धर्मले नै जाताजाति, भाषा र भुगोल बिच सुमधुर सम्बन्ध स्थापित गर्ने विस्वास ब्यक्त गर्नुभयो ।

अछाम जिल्लाको क्षेत्र नम्बर २ धर्म र सँस्कृतिको उद्गम स्थल भएकाले यहाँका हरेक मान्छेमा भाइचार र आपसी सद्भाव रहेकाले यसलाई सधैं कायम राखिरहन पनि सांसद शाहले सबैलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पुर्व सांसद राम बहाुर विष्ट, नेपाली कांग्रेस अछामका नेता बलबहादुर कुवँर, पदमराज अधिकारी, नयाँराम बज्गाई, रामबहादुर शाही पंचदेवल विनायक नगरपालिकाका निवर्तमान नगर प्रमुख देवराज देवकोटा, तुर्माखाँद गाउँपालिकाका निवर्तमान अध्यक्ष पुषराज शर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट, निवर्तमान उपप्रमुख भुमिसरण बज्गाई, नेपाली कांग्रेस अछामका युवा नेता जनकराज भण्डारी, नेता खेम भण्डारी, राजेशबाबु बोगटी लगायत आयोजक समितिका पदाधिकारी सहित भक्तजनहरुको समेत ठुलो उपस्थिति रहेको थियो ।

आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सुरेन्द्र बहादुर चलाउनेले गर्नेु भएको थियोे । सातदिन सम्म संचालनमा हुने महा आरति जागरण सप्ताहमा प्रमुख बाचकका रुपमा पंडित जीवन न्यौपाने शास्त्री रहनु भएको छ । उद्घाटन समारोहमा धार्मीक झाँकी समेत प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *