२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा दिँदै बर्दगोरिया



कैलाली । बर्दगोरिया गाउँपालिकाले ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । स्वास्थ्य सेवा अन्तर्गत नियमित गर्भवती जाँच, सुत्केरी स्याहार तथा पोषिलो आहार वितरण गर्दै आएकोे छ । गवर्भतीको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन वडा–वडाका स्वास्थ्य इकाईमा ‘वर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिइरहेको छ । त्यस्तै, अस्पताल ल्याउन–लैजान एम्बुलेन्सदेखि मृत्यु संस्कारमा अत्येष्टिका लागि ‘महाप्रस्थान यान’ सञ्चालनमा ल्याएको छ ।

बुधबारबाट निःशुल्क सञ्चालनमा ल्याएको ‘महाप्रस्थान यान’ ले पालिका अन्तर्गतका जुनसुकै वडामा पनि मानिसको निधन पछि पार्थिव शरीरलाई दाहसंस्कारका लागि लैजान सहज हुने गाउँपालिकाले जनाएको छ ।
शोक र पीडाका नागरिकलाई ‘महाप्रस्थान यान’ सञ्चालनमा आएसँगै शव आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

“बर्दगोरिया गाउँपालिकाभित्र कसैसँग साभन हुने कसैसँग नहुने र आर्थिक स्थितिका कमजोर भएका मानिहरुलाई सहजहोस् भनेर मैले यो महाप्रस्थान यान ल्याएको हुँ,” गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने, “गाउँपालिकाबासी जोसुकै ठाउँमा जोसुकैको निधन भएपनि यसपछि किरिया खर्च दश हजार दिने भनेर हामीले कार्यपालिकाबाट निर्णय गरेका छौँ, महाप्रस्थान यान ल्याएर मात्रै नपुग्ने नभएकाले हामीले निर्णय गरेका छौँ ।”
सो अवसरमा अध्यक्ष कुँवरले यसै हप्तादेखि ‘महाप्रस्थान यान’ निःशुल्क रुपमा सञ्चालनमा ल्याउने र किरिया खर्च वापत्को दश हजार रुपैयाँ पनि उपलब्ध गराउने बताए ।

अति विपन्न परिवारका आफन्तले काजकिरिया गर्नसमेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले यो रकम उपलब्ध गराउने जनाएको छ ।

“सरकार भनेको जनताको दुःखको सारथी बन्नुपर्छ भन्ने हाम्रो सोच छ,” पालिका अध्यक्ष कुँवरले भने, “किरिया खर्च वापत दश हजार रुपैयाँ दिने निर्णय गरेका छौँ । यद्यपि यसको कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरु चाँडो भन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेका छौँ ।”

यस्तै, बर्दगोरिया गाउँपालिका–३ का वडाध्यक्ष मनऋषि आचार्यलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले एम्बुलेन्समार्फत् आर्थिक अवस्था कमजोर भएका दुःखी बिरामी र गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने कामका लागि एम्बुलेन्स प्रयोग गरिने बताए ।

गाउँपालिकाले यसअघि आँखा शिविर सञ्चालन गरी आँखाका बिरामी चेकजाँज, अप्रेसन, औषधि तथा चश्मा वितरणलगायत विभिन्न सेवासहित निःशुल्करुपमा स्वास्थ्य उपचार गर्दै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १२ : ०३ बजे

  • ...
    Code of your destiny

    I'm extremely inspired together with your writing talents and also with the format in your blog. Is this a paid subject matter or did you customize it your self? Either way stay up the nice quality writing, it's uncommon to see a nice weblog like this one today!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *