२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाको १५ औं गाउँसभा सुरु



मंगलसेन । अछामको ढकारी गाउँपालिकाको १५ औं गाउँसभा सुरु भएको छ । गाउँसभामा पालिकाले हालसम्म गरेका कार्यको समीक्षा तथा आगामी कार्यदिशाबारे छलफल आरम्भ गर्दै नीति तथा कार्यक्रम पेश गरिएको हो ।

गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले ढकारीका सबै नागरिकको समग्र हित र चाहना अनुरुप काम गर्दै जाने बताए । उनले नागरिकको असिमित चाहना र आवश्यकतलाई सीमित स्रोत र साधनबाट एकैपटक पूरा गर्न सम्भव नभए पनि योजनाबद्ध तरिकाले सम्बोधन गर्दै जाने बताए ।

उनले ढकारीको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विकास तथा पूर्वाधार विकासमा चरणबद्ध रुपमा काम गर्दै आएको र यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उल्लेख गरे ।

अध्यक्ष साउँदले सभामा सामाजिक विकास तथा संकृति सम्बन्धी नीति अन्तरगत स्वास्थ्य, शिक्षा युवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा तथा पञ्जिकरण, न्यायिक समिति, संकृति नीति गाउँसभामा पेश गरे । साथै आर्थिक विकास सम्बन्धी नीति अन्तरगत कृषि विकास तथा पशुपन्छी विकास, सहकारी, लद्यु उद्यम नीति सहित सुशान सार्वजनिक सेवा तथा संस्थागत विकास सम्बन्धी नीति, भौतिक पूर्वाधार नीति, विपद व्यवस्थापन नीति, वातावरण संरक्षण नीति, भूमि व्यवस्थापन नीति तथा रोजगार नीति पनि पेश गरेका छन् ।

गाउँसभाको अर्को बैठक सुचना जारी गरेर आह्वान गरिने छ । गाउँसभामा उपाध्यक्ष नेत्रकलादेबी शाही सहित सभाका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ३० बजे

  • ...
    📍 🔄 BTC Transaction - 2.4 BTC waiting. Go to claim => https://graph.org/TAKE-YOUR-BITCOIN-07-23?hs=3d5dbbe6777c59dc21d9702263309467& 📍

    iii2cg

    ...
    🗃 + 1.656938 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=3d5dbbe6777c59dc21d9702263309467& 🗃

    wksnev

    ...
    🗒 Email; + 1.443215 BTC. Assure >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=3d5dbbe6777c59dc21d9702263309467& 🗒

    01nz7f

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *