२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रगतिशील आधारभूत विद्यालय लेष्टिगाडको निरीक्षण



अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १ लेष्टिगाड स्थित प्रगतिशील आधारभूत विद्यालयको निरीक्षण गरिएको छ । नगर उपप्रमुख संगीता रावल (सोडारी) सहितको टोलीले विद्यालयको निरीक्षण गरेको हो ।

नगरपालिकाको विकटमा रहेको प्रगतिशिल आधारभूत विद्यालयको शैक्षिक, भौतिक र फर्निचरको अवस्था अध्ययनका लागी निरीक्षण गरिएको उपप्रमुख रावलले बताउनुभयो । विद्यालयको अवस्था सन्तोषजनक रहेको भन्दै मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले केहि कक्षा कोठामा देखिएको फर्निचर अभाव तत्काल उपलब्ध गराइने बताउनुभयो ।

उहाँले विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्टलाई आवश्यकताका आधारमा फर्निचरको व्यवस्थापन गर्ने आश्वासन दिदै त्यसका लागी तत्काल प्रक्रिया पुरा गरेर नगरपालिकामा समन्वय गर्न निर्देशन दिनुभयो । सबै कक्षा कोठामा विद्यार्थीका लागी ब्यवस्थित वातावरण तयार गर्न निर्देशन दिदै उहाँले विद्यालयको प्रशासन सुविधासमपन्न गराउने र बालबालिकालाई असुविधा हुने खालको ब्यवहार हुन नहुने बताउनुभयो ।

जम्मा १४३ जना विद्यार्थी रहेको प्रगतिशिल आधारभूत विद्यालयमा ६९ छात्रा र ७४ छात्र अध्यनरत रहेका छन् । सातजना शिक्षक शिक्षीका कार्यरत यो विद्यालय २०६४ सालमा स्थापना भएको हो ।

विद्यालयले उत्कृष्ट कार्य गरे वापत विभिन्न समयमा सम्मान समेत पाएको भन्दै प्रधानाध्यापक विष्टले विद्यालय आफैले गरीब तथा असहायका लागी होस्टेलको समेत व्यवस्था गरेको बताउनुभयो । जहाँ अहिले चारजना त्यस्ता विद्यार्थीहरु पढिरहेका छन् ।

निरीक्षणका क्रममा उपप्रमुख रावल, प्रमुख प्रशासकीय अधिकृत डाँगी, वडा नम्बर १ का वडाध्यक्ष लोकराज नाथ, कार्यपालीका सदस्य हंश कुमारी थापा (राना), पत्रकार ध्रुव बीसी, विद्यालयका प्रधानाध्यापक विष्ट, शिक्षक गोपाल जयगडी, शंकर थापा, रुपा कुमारी बोहरा र कलावती भाट लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ६ : ३२ बजे

  • ...
    📂 ❗ WARNING: You got 1.2 BTC! Click to receive > https://graph.org/RECEIVE-BTC-07-23?hs=8aa32b99af872aac81e47f5c27ca5002& 📂

    tfyow1

    ...
    📘 Alert: Transaction of 1.2 BTC detected. Verify Today > https://graph.org/CLAIM-BITCOIN-07-23?hs=8aa32b99af872aac81e47f5c27ca5002& 📘

    yr3xg7

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *