काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ।…