काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका छन्। आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले 'ज्यान मार्ने धम्की' दिएको भ्रामक कुरा फैलाएको उनको आरोप छ। अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार विहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको उनले प्रष्ट पारे। 'सरकारमा जाने नजाने विषयमा वादविवाद भएको साँचो हो। महाधिवेशनबाट चुनिएका केन्द्रीय…