१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरियाली सामुदायिक वनले बुझायो स्थानीय सरकारलाई रकम



कैलाली । हरियाली सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकारको सञ्चित कोषमा राजस्व दाखिला गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ बुढिआममा रहेको सो सामुदायिक बनले बिहीबार वन पैदावार बिक्रीबाट प्राप्त आय रकमको १० प्रतिशत रकम स्थानीय सरकारलाई बुझाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ ‘ख’ तथा मोहन्याल गाउँपालिकाको वन ऐन २०७८ अनुसार सामुदायिक वनले रकम जम्मा गरेको जनाइएको छ । गाउँपालिकाको गत पौष २४ गतेको बैठकले सामुदायिक वनको कुल आम्दानीको १० प्रतिशत रकम गाउँपालिकालाई बुझाउनुपर्ने निर्णय गरेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को पुसमा भएको १३ लाख ७७ हजार जम्मा कारोबारको १० प्रतिशतले हुन आउने रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर कुँवरले बताए । सो सामुदायिक वनले १ लाख ३७ हजार ७ सय रुपैयाँ मोहन्याल गाउँपालिकाको स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरिएको जनाइएको छ ।

संघीयताको मर्म अनुसार स्थानीय सरकार सञ्चित कोषमा राजस्व जम्मा गर्नेमा हरियाली सामुदायिक उपभोक्ता समूह तेस्रो भएको छ । यसअघि मोहन्याल–६ मा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूह ठुलागडा र मोहन्याल–३ मा रहेको सुनौलो सामुदायिक वनले राजस्व जम्मा गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ५ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *