काठमाडौँ । एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो । मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् ।…