काठमाडौं । नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद चौधरी बिहीबार पक्राउ परेको बाँके प्रहरीका डीआईजी पोषराज पोखरेलले बताए ।
सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोप छ, उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।
उक्त फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पोखरेलले बताए ।
प्रतिक्रिया