काठमडौं । उपसभामुखमा इन्दिरा रानाले आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन् । रास्वपाका सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित…