काठमाडौं । विश्व च्याम्पियन तथा फिफा वर्ष खेलाडी भइसकेका ब्राजिलियन रोनाल्डिन्होविरुद्ध एकै मैदानमा प्रतिस्पर्धाको अवसर खासै जुर्दैनन् । क्लबस्तरीय प्रतियोगितामा यो क्षण दुर्लभ नै मानिन्छ । नेपाली मिडफिल्डर रोहित चन्दले थोरै खेलाडीले पाउने रोनाल्डिन्होविरुद्धको खेल्ने अवसर पाएका छन् । ट्रोफियो मैत्रीपूर्ण खेलमा ब्राजिलियन खेलाडी रोनाल्डिन्हो र रोहित आबद्ध इन्डोनोसियाको पेर्सिक केडिरीबीच खेल भएको थियो । इन्डोनेसियामै भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा…