काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (आइतबार) दोस्रो अभ्यास खेल खेल्दै छ । खेल बेलुकी सवा ७ बजेदेखि सुरु हुने भएको छ ।
टि–२० फर्म्याटमा नेपालले खेल खेल्न लागेको हो । यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ ।
नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने भएको छ ।
प्रतिक्रिया