१४ बैशाख २०८१, शुक्रबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटे टाइगरले जिते रेस्लिङ च्याम्पियनसिपको उपाधि



झापा । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् ।

टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक सशक्त प्रहार गरेका थिए । 

प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद एक लाख  रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रूपमा विजेता बन्याे । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे । उनीहरूले  स्पाइडर म्यानको जोडीलाई हराएका थिए।

मिडल वेट म्याचको च्याम्पियन साइन बने । बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे । महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार रुपैयाँ जितिन् । आकृतिले तनुलाई हराएकी थिइन् ।

लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता बने । सिजे वर्ल्डलाई हराएका उनले ६० हजार रुपैयाँ प्राप्त गरे । नेपाल रिङ रेस्लिङ संघले संयोजन गरेको प्रतियोगिता १ नम्बर प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।
 
प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा एमालेका नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीबीच भएको प्रतियोगिता ७१औँ मदन भण्डारीजयन्तीका अवसरमा आयोजना गरिएको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *