काठमान्डौं । नेपाली फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको खेलाडी संघहरुले निश्कर्ष निकालेको छ । खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै फुटबलको पुनर्संरचनाको माग गरेको हो ।पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिलाई खेलाडी संघले पाँचबुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । संघको मागमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित बनाउनुपर्ने उल्लेख छ ।घरेलु फुटबलको संरचनालाई…