८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू–२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए



काठमाडौं । नेपाली यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि ३० खेलाडी चयन गरेको हो । ४१ मध्ये ११ खेलाडी बाहिरिएका हुन् । 

प्रशिक्षणबाट बाहिरिनेमा अमरबहादुर नेवार, टोपबहादुर राना, जाम ताम्ली, खेमराज श्रेष्ठ, प्रदीप लम्साल, सञ्जीव लामा, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, राज भुसाल, माल्दिना आङथुपो र जवीन्द्र भट्टराई छन् । यू–२० का मुख्य प्रशिक्षक मेघराज केसीको रिपोर्टका आधारमा एन्फाले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट खेल(दोस्रो चरण)का लागि ३० खेलाडी चयन गरेको हो । 

ad

साफ यू–२० च्याम्पियनसिप भारतमा आयोजना हुँदै छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । यो खेल २५ जुलाईमा भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । 

नेपालले २७ जुलाईमा श्रीलंकाको सामना गर्नेछ । ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशको सामना गर्नेछ । साफ यू–२० च्याम्पियनसिपका शीर्ष दुई टोलीले उपाधिका लागि ५ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । 

नेपाल समूह ‘बी’मा
एएफसी यू–२० छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगलादेश छन् । यो समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल १० देखि १८ सेप्टेम्बरसम्म हुनेछ । एएफसी यू–२० को छनोटको पहिलो खेलमा नेपालले भुटानविरुद्ध १० सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले १२ सेप्टेम्बरमा कतारको सामना गर्नेछ । नेपाल बहराइनसँग १४ र १८ सेप्टेम्बरमा बंगलादेशसँग भिड्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछ । 

यी हुन् बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी

गोलकिपर :  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डर : सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर
मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जू, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

स्ट्राइकर : दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *