१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा १० अर्ब बढी बजेट फ्रिज



धनगढी । गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ ।

कुल विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रूपैयाँ मध्ये ६६ दशमलव ६१ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश पूँजीगततर्फ विनियोजन गरेको कुल १८ अर्ब ९० करोड २० लाख रुपैयाँमा ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ ।

चालूतर्फ कुल १२ अर्ब ५७ करोड ३५ लाख बजेट विनियोजन गरेको सरकारले ९ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खर्च गर्दै ७१.७१ प्रतिशत खर्च गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ मा कोरोना महामारीका कारण अपेक्षाकृत रूपमा खर्च गर्न नसकेको दावी गरेको प्रदेश सरकारले महामारी नियन्त्रण भएको वर्षमा त्यो भन्दा पनि कम प्रगति गरेको छ ।

पूँजीगततर्फ अघिल्लो आर्थिक वर्षमा ६७ प्रतिशत बजेट खर्चिएको प्रदेश सरकारले अहिले भने ६३ प्रतिशत मात्र खर्च गरेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *