१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा हामीलाई मुख्यमन्त्रीले नै पेले-माओवादी



सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सभाको मंगलबारको बैठक बहिष्कार गरेको छ । सत्ता साझेदार दललाई नै पेल्न खोजीएको उसको आरोप छ ।
यस्तो कार्य कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीबाटै भएको माओवादीले जनाएको छ । त्यही भएर आफुहरुले संसद् बहिष्कार गरेको उनीहरुले बताएका छन् ।
संसद् र सत्ता साझेदार दलको बैठकमा अब उपस्थित नहुने माओवादी केन्द्रका सांसद गोपाल शर्माले बताए ।
सांसदले ल्याएका विधेयक निषेध गर्न खोजिएको उनको आरोप छ । कर्णालीमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता साझेदारी गरिरहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *