१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढीपहिरोले दार्चुला, बैतडी र बझाङका मुख्य सडक अवरुद्ध



धनगढी । बाढीपहिरोले सुदूरपश्चिमका दार्चुला, बैतडी र बझाङका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
यी तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको हो ।
दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा अवरुद्ध सडक खुलाउने प्रयास जारी भएपनि बझाङको जालेबगरमा भने सेती नदीको बहाव बढेकाले त्यहाँ जान सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *