७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावल रोष्ट्रमबाट टसमस भएनन्, १५ मिनेट बैठक रोकियो



काठमाडौं । एसपीपीमा सहभागी नहुने सम्बन्धी पत्र नपठाइएको भन्दै एमाले सांसद भीमबहादुर रावलले प्रतिनिधि सभामा रोष्ट्रम नछोडेपछि बैठकमै खैलाबैला भएको छ ।
गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै उनले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरेपनि सभामुखले त्यस्तो रुलिङ नगरेपछि लामो समय उनी रोष्ट्रममै उभिरहे ।
नेपाल सरकार मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले उभिएरै लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे ।
सभामुखको आशनबाट सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई रोष्ट्रम छाडेर आशन गर्न आग्रह गरे पनि रावलले एसपीपीमा सहभागी नहुने पत्र लेख्न सरकारलाई निर्देशन नगरेसम्म आफू पछि नहट्ने भन्दै टसकोमस भएनन् ।
ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले रावलले बोलेको कुरा विषयान्तर भएको भन्दै उनलाई आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि बैठक स्थगित गर्नुपर्ने बाध्यता आइलागेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *