काठमान्डौं । नेपालबाट पहिलोपटक भारतीय बजारमा नेपाली छड निर्यात भएको छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उद्योगले टिएमटी छडको भारत निर्यात सुरु गरेको हो ।
उद्योगका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालका अनुसार उद्योगले बुधबार ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो ।
नेपालमा रहेका सबै उद्योगको वार्षिक रूपमा ३० देखि ३२ लाख मेट्रिक टन उत्पादन गर्ने क्षमता भए पनि हाल वार्षिक १३ देखि १४ लाख मेट्रिकटन मात्र छड खपत हुने उनले बताए । नेपालले वार्षिक १५ लाख मेट्रिक टनभन्दा बढी छड निर्यात गर्न सक्ने उनले बताए ।
४ श्रावण २०७९, बुधबार
0
Shares
प्रतिक्रिया