काठमाडौं। नेकपा (एमाले) ले बढ्दै गएको महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको वैठकले जनपदर्शनमा ब्यापक जनसहभागित गराउने तयारी गर्ने बारे छलफल गरेको छ ।
पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ ।
राजधानीको वसन्तपुरबाट शुरू हुने ¥यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको एमालेले जनाएको छ ।
४ श्रावण २०७९, बुधबार
0
Shares
प्रतिक्रिया