१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समितिले आज जनार्दन शर्मा संग सोधपुछ गर्ने



काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई आज बिहीबार संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ ।
अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले बुधबार सोधपुछ गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
सचिव अर्यालले छानबिनको लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको र दिन किटान बारे टुंगोमा पुग्न नसकेको बताए ।
समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय सकिन अब दुई दिन मात्रै बाँकी छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *