१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका केहि ठाउँमा भारी वर्षा, बाढी र डुबानको जोखिम



काठमाडौं । मंगलबारदेखिको वर्षा आज पनि निरन्तर पर्ने सम्भावना छ । आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांस ठाउँमा अहिले वर्षा भइरहेको छ ।
सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भारी वर्षा हुने देखिएको भएपनि देशका अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा निरन्तर पानी परिररहेको छ ।
बुधबारदेखि नै भारी वर्षा भइरहेको पश्चिम नेपालमा अझै केहि दिन झरी लाग्ने छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको हो ।
केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खोलोहरू बढेर बाढी आउने खतरा रहेकाले पहाडी क्षेत्रका खोला किनार आसपासमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *