११ बैशाख २०८१, मंगलबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा वर्षाले आवागमन अबरुद्ध, सडकका ठाउँ–ठाउँमा पहिरो



काठमाडौं । अबिरल वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँमा पहिरोले भत्काउदा सवारी साधन आवागमन बन्द भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा सडक भत्काएको छ । जुन ठाउँमा गत वर्षको बाढीपछि मर्मत गरिएको थियो । ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक भत्कीएको छ ।
बाटाहरु अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
रातिदेखि भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।
भारी वर्षा मापन गरिएको सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोटे र आसपासमा बढी समस्या देखिएको छ । निरन्तर पानी परिरहेकाले तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *