७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनार्दन शर्माको बयान : भित्र को छिर्‍यो ? मर्यादापालक र सुरक्षाकर्मीलाई सोध्नुस्



काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानविन समितिमा पुगेर बयान दिएका छन् । सिंहदरबारमा समितिको बैठकमै बोलाएर उनलाई सोधपुछ गरिएको हो ।
सो क्रममा शर्माले बजेट निर्माणमा अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री शर्माले भित्र को छिर्‍यो ? को छिरेन भन्ने कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई पनि थाहा हुनुपर्ने बयान दिएका छन् ।
संसदीय छानविन समितिको बैठकमा बयान दिँदै उनले यदि आफूमाथि विश्वास नलागे सुरक्षाकर्मी र मर्यादापालकलाई पनि सोध्न आग्रह गरेका छन् ।
शर्माले सिसिटिभीले कति काम गर्ने, कहिलेसम्म काम गर्ने भन्ने विषय आफूलाई थाहा नभएकाले विज्ञलाई सोध्न आग्रह गरे । त्यस्तै उनले सोहि रात कोहि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको दाबी गर्दै कसैलाई पोस्ने काम आफूबाट नभएको र नहुने जिकिर गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *