१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुल्यो कर्णाली राजमार्ग, गाडी चल्न थाले



कालीकोट । पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग खुलेको छ । कालीकोट जिल्लाको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै नियमित सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए ।
स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । सड्क सञ्चालनमा आएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *