काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या उनकै प्रेमी सूर्य भनिने खिलबहादुर श्रेष्ठले गरेको खुलेको छ । प्रहरीले प्रमाण सहित मिसिल पठाएपछि मुद्वामा अदालतको फैसला आएको छ ।
दिलमायाको हत्या श्रेष्ठले नै गरेको निष्कर्षसहित जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गएको हो । बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गङ्गाप्रसाद पौडेलले बताए ।
सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी श्रेष्ठलाई जन्म कैदको सजाय माग गरिएको छ ।
श्रेष्ठ पक्राउ परिसकेका छन् । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय हुने कानुनी प्रावधान छ ।
गायिका दिलमाया सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा साउन ३ गते अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।
गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको शव झण्डिएको अवस्थामा फेला परेको थियो । शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो ।
५ श्रावण २०७९, बिहिबार
130
Shares
प्रतिक्रिया